स्वागत छ आफ्नै समाचारमा !!!

हामि पाल्पा जिल्ला तथा छिमेकि जिल्लाहरुको स्थानिय समाचारलाई ब्लग वेब मार्फत संसार भरि पुर्याउने कोसिसमा जुटेका छौ। यो ब्लगलाई पुरै नेपाली भाषाको रुपमा प्रस्तुत गर्ने कोसिसमा हामि रहेका छौ, त्यस कारण यो ब्लगमा राखिएका समाचारमा केहि शब्दमा र बाक्यको ब्याकरणमा केहि त्रुटिहरु आएको हुन सक्छ त्यसको लागि क्षमा चाहन्छौ । अथवा कुनै जानकारी र सुचना भएमा हामिलाई ईमेल गर्न सक्नुहुने छ हाम्रो ईमेल ठेगाना हो newspalpa@gmail.com ब्लग हेरिदिनुभएकोमा धन्यबाद !!!

Sunday, November 30, 2008

पाल्पामा छुट्टा छुट्टै दुर्घटना परी २४ जना घाईते

कृष्ण पोखरेल
पाल्पा १६ मंसिर
पाल्पाको बिभिन्न स्थानमा गएराती भएको छुट्टा छुट्टै दुघटना परी २४ जना घाईते भएका छन पोखरा बाट परासी जादै गरेको लु १ ख ४८५५ नम्बरको बस हिजो राती तानसेनको वासटारीमा दुर्घटना हुदा २२ जना घाईते भएका छन। लाङघाली युवा परिवार नवलपरासीको टोली पोखरा भ्रमण गरी फर्किदै गर्दा बस नालीमा खस्न गई तानसेनमा दुर्घटना भएको हो। बसमा ३३ जना रहेपनि २२ जना मात्र गंभिर घाईते भएका छन। घाईतेहरुको टाउको र हात खुट्टामा गंभिर चोटलागेको र अहिले घाईतेको उपचार लुम्बिीन मेडिकल कलेज पाल्पामा उपचार भैइरहेको छ। दुबै बसका चालक फरार रहेको र बस आफ्नो नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। यसै गरी सनसाईन उच्च माबि कपिलवस्तु तौलिहवा बाट पोखरा भ्रमणमा हिडेको लु १ ख ५१९७ नम्बरको बस पाल्पाको पिपलडाडाकमा गएराती दुर्घटना हुदा २ जना गंभिर घाईते भएका छन भने अन्य ३१ जना सामान्य अबस्थामा रहेका छन। घाईते भएका दिप नारायण र सरसस्वती भ48डारीको अहिले लुम्बिन मेडिकल कलेज पाल्पामा उपचार भैइरहेको छ। बसको ब्रेक फेल भएको दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटना स्थल सदरमुकाम देखि २८ किलो पुर्ब सिद्धार्थ राजमार्गमा पर्दछ।

महिला हिंसा विरुद्ध लालटिन अभियान

माधब अर्याल
पाल्पा, १६ मंसीर ― महिला हिंसालाई नियन्त्रण र निरुत्साहन गर्दै दडहिनताको अन्त्य गर्न जिल्ला प्रहरी कार्यालय पाल्पाले महिला हिंसा विरुद्ध लालटिन अभियान' सुरु गरेको छ।
महिला विरुद्धको अपराध अनुसन्धान र नियन्त्रण कार्यलाई सफलतापुर्वक सम्पन्न गरि प्रभावकारी अभियोजन मार्फत् अपराध र अपराधिलाई निरुत्साहन गर्न यो अभियान सुरु गरिएको प्रहरी प्रमुख भिमप्रसाद ढकालले सोमबार बताए।
अपराध अनुसन्धानमा प्रमाण र अभियूक्तको खोजी, प्रहरी, सर्वसाधारण बीच सहभागितामुलक सुरक्षा व्यवस्थापन, हिंसात्मक व्यवहार, कृयाकलाप विरुद्ध सामाजिक एकता समन्वय सहकार्यको मार्ग पहिचान गर्ने आसय अभियानको रहेको उनले बताए। जिल्ला, इलाका, चौकी, गाविसमा लालटिन समुहहरु गठन हुनेछन्।
सर्वपक्षिय भेला बोलाई समावेशी प्रकृतिको समुह गठन गरिनेछ। समुहमा ११ देखि १५ जना सदस्य रहनेछन्। आफ्नो जिम्मेवार 73ँेत्रमा घट्ने महिला विरुद्धका हिंसात्मक कृयाकलापहरुबारे खवर संकलन गर्ने र तिनको पं्रकृति मात्रा, कारण, प्रभाव तथा न्यूनिकरण गरि सम्वन्धित निकायलाई खवर गर्नेछन्।
अभियानले बहुविवाह निरुत्साहन, पारिवारिक हिंसा, लागुऔषध सेवन, मादकपदार्थ सेवनलाई निरुत्साहन गर्दै लग्नेछ। अभियानवाट पिडित महिलालो कानुन बमोजिम न्याय प्राप्तीका लागि गर्नेप्रयासमा कानुनी परामर्श समेतकोसहायोगी भूमिका समेत रहने बताइएको छ।
अभियानमा जिल्ला प्रहरी प्रमुख वा तोकिएको सिनियर अधिकृत संयोजक रहने व्यवस्था छ। तानसेनमा भएको सर्वपक्ष्ँिय भेलाबाट सदस्य महिला विकास अधिकृत चमेली देवी श्रेष्ठ, वालअधिकारकर्मी राजेन्द्र ल73मी गैरे, अधिवक्ता लालकुमारी राना, गीता शर्मा, महिलाकर्मी माया बज्राचार्य, संचारकर्मी अनिता श्रीनेत, मानवअधिकारकर्मी दुर्गा न्यौपाने लगायत रहेका छन्।

पाल्पाको दोभानमा बालबालिकाको लागि ६ बुँदे घोषणापत्र

हरि बहादुर सारु

पाल्पा, मंसिर–१३
दोभान पाल्पामा आयोजित शान्ति स्थापनामा समुदायको भूमिका विषयक अनर्तक्रियाका सहभागीहरुले ६ बुदे दोभान घोषणा पत्र तयार पारेका छन्।
यो घोषणा पत्रमा शान्तिको शुरवात घरपरिवारबाटै गर्नु पर्ने भएकोले परिवारमा शान्तिको शिक्षा दिने, समाजमा हुने स–साना विवादलाई आपसी समझदारिमा अन्त्य गर्ने र विद्यालयलाई द48डरहित बनाउनु पर्ने उल्लेख छ। यस्तै सार्वजनिक कार्यक्रमहरु र कार्यालयको समयमा लागुपदार्थ सेवन गरेर प्रवेश गर्न नपाउने समेत घोषणा पत्रमा उल्लेख छ। यो घोषणा पत्रलाई सार्वजनिक स्थान र प्रत्येक कार्यालयमा टाँस गरीने गाँउ बाल संरक्षण समिति दोभानका सदस्य दल बहादुर गुरुङ्गले बताउनु भयो।
अर्न्तक्रिया कार्यक्रममा बोल्दै बार्यक्रमका प्रमुख अतिथि जिल्ला बाल संरक्षण अधिकृत हरि बहादुर सारुले हरेक ब्यक्तिको आचरण र बानी राम्रो भएमा परिवारमा शान्ति हुने र परिवारमा शान्ति भएपछि समाज र राष्ट्रमै सुव्यवस्था कायम भै शान्ति र सुुखको आभाष हुनेमा जोड दिनु भयो।
दोभान गाँउ बाल संरक्षण समितिको आयोजनामा भएको यो अर्न्तक्रिया कार्यक्रममा दोभान उच्च माविका प्राचार्य ध्रुव प्रसाद त्रिपाठी , तिलोत्तमा माविका प्रधानाध्यापक केशवराज ज्ञवाली , यादव प्रसाद अर्याल लगायतले शान्ति स्थापनामा समुदायको महत्वपूर्ण भूमिका हुने बताएका थिए। कार्यक्रममा महिला समूह ,सामुदायिक बन, बाल क्लव र विभिन्न सरकारी संघसंस्थाका ब्यक्तिहरु सहभागी भएका थिए। समाज उत्थान सहयोग केन्द्र देवीनगरको सहयागमा भएको कार्यक्रमको सभापति दोभान गाँउ बाल संरक्षण समितिका संयोजक कुलचन्द्र पुरी हुनुहुन्थ्यो।

Friday, November 28, 2008

ब्लग हेर्नुहुने तपाईलाई स्वागत छ।

यो ब्लग पाल्पाली पत्रकारहरुको योगदान हो। यो ब्लगमा छापिएका जुनसुकै समाचार र लेखहरु रहेका छन यि सबै पाल्पाका पत्रकारहरुले स्वतस्फुर्त रुपमा यो ब्लगमा प्रकाशन को लागि दिएको योगदान हो , यदि यो ब्लगमा प्रयोग गरिएका सामग्रीहरु जस्तै समाचार लेख वा रचना तपाई अन्य कतै प्रयोग गर्न चानुहुन्छ भने तपाई लेखकको अनुमतिले मात्र साभार तथा प्रकाशन र प्रशारण गर्न पाउनुहुनेछ। प्रत्येक समाचार र लेख अर्थात समाग्रीको सुरुमा लेखकको नाम तथा अन्त्यमा ईमेल ठेगाना लेख्नेछौ त्यसै मार्फत तपाई सम्पर्क गर्न सक्नुहुनेछ। अन्य जानकारिको लागि हामिलाई सम्पर्क गर्नुहोला।

ईमेल ठेगाना : newspalpa@gmail.com
सम्पर्क : ९८४७०२९४०६