स्वागत छ आफ्नै समाचारमा !!!

हामि पाल्पा जिल्ला तथा छिमेकि जिल्लाहरुको स्थानिय समाचारलाई ब्लग वेब मार्फत संसार भरि पुर्याउने कोसिसमा जुटेका छौ। यो ब्लगलाई पुरै नेपाली भाषाको रुपमा प्रस्तुत गर्ने कोसिसमा हामि रहेका छौ, त्यस कारण यो ब्लगमा राखिएका समाचारमा केहि शब्दमा र बाक्यको ब्याकरणमा केहि त्रुटिहरु आएको हुन सक्छ त्यसको लागि क्षमा चाहन्छौ । अथवा कुनै जानकारी र सुचना भएमा हामिलाई ईमेल गर्न सक्नुहुने छ हाम्रो ईमेल ठेगाना हो newspalpa@gmail.com ब्लग हेरिदिनुभएकोमा धन्यबाद !!!

Friday, December 5, 2008

पाल्पाको बिद्युतः टुकि बालेर वल्व खोज्नु पर्ने अवस्था

सागर घिमिरे
पाल्पा, मंसिर–२०
विद्युत क्षेत्रको सुधार उपभोक्ताको सरोकार विषयक स्थानीय अन्तरक्रिया कार्यक्रम आज पाल्पाको तानसेनमा सम्पन्न भएको छ।
सामुदायिक रेडियो मदनपोखरा, सावती, कट्स सेन्टर फर कम्पिटेसन र नोर्याडको आयोजनामा भएको अन्तरक्रियाका सहभागीहरुले प्राधिकरणको सेवा खस्किदै गएको र नियमित मर्मत संभारमा हेलचेक्राई गरेको बताएका छन।
ग्रामिण भेकमा विद्युतको पावर कम भई टुकि बालेर वल्व खोज्नु पर्ने अवस्था रहेको र पटक पटक कार्यालयमा गुनासो गर्दा पनि सुनुवाई नभएको सहभागीहरुको भनाई थियो। विद्युत प्राधिकरण पाल्प्ाा, वितरण केन्द्रका प्रमख सुरेन्द्र कुमार अग्रहरीले उपभोक्ताकै तिव्र चाहना र जसरी भएपनि विद्युत जडान गर्नु पर्ने जनदवाबका कारण विस्तार गरिएका यस्ता समस्या आउने गरेको बताउनु भयो। केन्द्र प्रमुख अग्रहरीले चौविसै घ48टा नागरिकको गुनासो सुन्ने र विहान ८ बजे देखि साँझ ८बजे सम्म सुनुवाई गर्ने जानकारी दिनुभयो।
सावतीका कार्यक्रम अधिकृत आशिष सुवेदीले नयाँ विद्युत ऐन आउन लागेको र उपभोक्ता हित विपरित क्रियाकलाप भए दवाव मुलक अभियान चलाउनु पर्नेमा जोड दिनुभयो।
सामुदायिक रेडियो मदनपोखराका स्टेशन प्रवन्धक गुणाकर अर्यालले कर्मचारी संयन्त्रको शैलि र संस्कारमा परिवर्तन र उपभोक्तको चेतना र ज्ञानमा फराकपन आउनु पर्ने बताउनुभयो। यसैगरी उपभोक्ता नारायण अधिकारीले मिटर रिडिङ्ग समयमा हुनु पर्ने विजुलीको उतार चढाव हट्नु पर्ने नियमित विद्युत आपुर्ति गर्नु पर्नेमा जोड दिनुभयो ।
अन्तक्रियामा राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि, निमित्त प्रमुख जिल्ला अधिकारी गंगा सागर ढकाल, नागरिक समाजका प्रतिनिधि र उपभोक्ताहरुको सहभागीता रहेको थियो। कार्यक्रम नागरिक समाजका अध्यक्ष बासुदेव अर्यालको अध्यक्षतामा चलेको थियो।

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home