स्वागत छ आफ्नै समाचारमा !!!

हामि पाल्पा जिल्ला तथा छिमेकि जिल्लाहरुको स्थानिय समाचारलाई ब्लग वेब मार्फत संसार भरि पुर्याउने कोसिसमा जुटेका छौ। यो ब्लगलाई पुरै नेपाली भाषाको रुपमा प्रस्तुत गर्ने कोसिसमा हामि रहेका छौ, त्यस कारण यो ब्लगमा राखिएका समाचारमा केहि शब्दमा र बाक्यको ब्याकरणमा केहि त्रुटिहरु आएको हुन सक्छ त्यसको लागि क्षमा चाहन्छौ । अथवा कुनै जानकारी र सुचना भएमा हामिलाई ईमेल गर्न सक्नुहुने छ हाम्रो ईमेल ठेगाना हो newspalpa@gmail.com ब्लग हेरिदिनुभएकोमा धन्यबाद !!!

Friday, December 5, 2008

पाल्पाको बिद्युतः टुकि बालेर वल्व खोज्नु पर्ने अवस्था

सागर घिमिरे
पाल्पा, मंसिर–२०
विद्युत क्षेत्रको सुधार उपभोक्ताको सरोकार विषयक स्थानीय अन्तरक्रिया कार्यक्रम आज पाल्पाको तानसेनमा सम्पन्न भएको छ।
सामुदायिक रेडियो मदनपोखरा, सावती, कट्स सेन्टर फर कम्पिटेसन र नोर्याडको आयोजनामा भएको अन्तरक्रियाका सहभागीहरुले प्राधिकरणको सेवा खस्किदै गएको र नियमित मर्मत संभारमा हेलचेक्राई गरेको बताएका छन।
ग्रामिण भेकमा विद्युतको पावर कम भई टुकि बालेर वल्व खोज्नु पर्ने अवस्था रहेको र पटक पटक कार्यालयमा गुनासो गर्दा पनि सुनुवाई नभएको सहभागीहरुको भनाई थियो। विद्युत प्राधिकरण पाल्प्ाा, वितरण केन्द्रका प्रमख सुरेन्द्र कुमार अग्रहरीले उपभोक्ताकै तिव्र चाहना र जसरी भएपनि विद्युत जडान गर्नु पर्ने जनदवाबका कारण विस्तार गरिएका यस्ता समस्या आउने गरेको बताउनु भयो। केन्द्र प्रमुख अग्रहरीले चौविसै घ48टा नागरिकको गुनासो सुन्ने र विहान ८ बजे देखि साँझ ८बजे सम्म सुनुवाई गर्ने जानकारी दिनुभयो।
सावतीका कार्यक्रम अधिकृत आशिष सुवेदीले नयाँ विद्युत ऐन आउन लागेको र उपभोक्ता हित विपरित क्रियाकलाप भए दवाव मुलक अभियान चलाउनु पर्नेमा जोड दिनुभयो।
सामुदायिक रेडियो मदनपोखराका स्टेशन प्रवन्धक गुणाकर अर्यालले कर्मचारी संयन्त्रको शैलि र संस्कारमा परिवर्तन र उपभोक्तको चेतना र ज्ञानमा फराकपन आउनु पर्ने बताउनुभयो। यसैगरी उपभोक्ता नारायण अधिकारीले मिटर रिडिङ्ग समयमा हुनु पर्ने विजुलीको उतार चढाव हट्नु पर्ने नियमित विद्युत आपुर्ति गर्नु पर्नेमा जोड दिनुभयो ।
अन्तक्रियामा राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि, निमित्त प्रमुख जिल्ला अधिकारी गंगा सागर ढकाल, नागरिक समाजका प्रतिनिधि र उपभोक्ताहरुको सहभागीता रहेको थियो। कार्यक्रम नागरिक समाजका अध्यक्ष बासुदेव अर्यालको अध्यक्षतामा चलेको थियो।

एच आई भि रोकथाममा संक्रमितहरु नै जुटे

पाल्पा २० मंसिर
किरण कौशल

एच आई भि संगै बाँचेकाहरुलाई परेको समस्या र एचआईभिका बिषयमा संचार माध्यममा समाचारहरु प्रकासन र प्रशारणमा सहयोग पुर्‍याउने उद्देश्यले पाल्पाको तानसेनमा एक कार्यक्रम गरिएको छ।
२०५७ सालमा स्थापना भई पाल्पाका १७ वटा गाबिस र एक नगरपालिकामा काम गर्दै आएको संस्था परिवार नियोजन संघ पाल्पा र नेपाल पत्रकार महासंघ पाल्प्ााको संयुक्त आयोजनामा एक अन्तरक्रिया कार्यक्रममा सहभागिहरुले आगामि दिनमा एचआईभि संग बाचेकाहरुलाई सहयोग गर्ने जनाएका छन्। कार्यक्रममा एचआईभी का बिषयमा अहिलेसम्म गरिएका प्रयास उपचार पद्धति लगाएतका बारेमा छलफल भएको थियो। कार्यक्रममा परिवार नियोजन संघ पाल्पाका प्रबन्धक मोहन बस्याल र ल्याब टेक्निसिएन शोभाकान्त न्यौपानेले सहजिकरण गर्नु भएको थियो। कार्यक्रममा ४ जना एच आई भि संगै बाँचेका र संचारकर्मिहरु बिच उनिहरुका समस्या भोगाई आगामि दिनमा गर्नुपर्ने सहयोगका बारेमा छलफल भएको थियो। पाल्पामा एच आई भि संगै बाचेकाको संख्या ७० जना र यसबाट प्रभाबित बालबालिका १३० जना रहेका छन भने ११ जना बालबालिका सक्रमित रहेको सकृय सेवा समाजले जनाएको छ।
कार्यक्रममा संक्रमितहरुले आफुहरुलाई आर्थिक अभाब भएको र खुलेर बाहिर आउदा पनि समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन नआएकाले अझैसम्म चाहेर पनि कतिपयलाई बाहिर ल्याउन नसकिएको बताएका छन्। पाल्पामा उनिहरुले प्रतिबद्धता सहयोग समिति गठन गरेर गाऊगाऊमा चेतना जगाउने लगाएतका काम गरेका छन्। ११ जनाको समिती रहेको छ भने ३३ जना समितिका सदस्य रहेका छन्। पाल्पामा १४ जना सार्बजनिक भैसकेका छन भने सार्वजनिक हुने क्रम बढिरहेको छ। परिवार नियोजन संघ पाल्पाले पनि एचआईभिको क्षेत्रमा स्वच्छिक परामर्स सेवा तथा निशुल्क एच आई भि परिक्षण सेवा दिईरहेको छ।

Thursday, December 4, 2008

शान्ति प्रकृयालाई निष्कर्षमा पुर्‍याउन डेनमार्कको सहयोग जारी रहने

कविराज नेपाल
पाल्पा मंसिर १९

डेनिस राजदुत फिन टिन्स्टेडले नेपालको शान्ति प्रकृयामा संयुक्त राष्ट्रसंघिय उच्च आयोग (अनमिन) को भुमिका प्रभावकारी भएको बताएका छन्। उनले नेपालको शान्ति प्रकृया अझै पुरा नभैसकेको बताउदै शान्ति प्रकृयालाई निष्कर्षमा पुर्‍याउन डेनमार्क सरकारको सहयोग जारि रहने बताए।
उनले शान्ति प्रकृया पछि आर्थिक क्रान्ति संभब हुने बताउदै नेपालमा राजनितिक दलहरुको सहकार्य अगाडि बढने बिचार ब्यक्त गरे। रिपोटर्स क्लब पाल्पाले बिहिबार तानसेनमा आयोजना गरेको पत्रकार अन्तरकृयामा उनले डेनमार्क सरकारले नेपालको आर्थिक सामाजिक बिकासका लागि सहयोग जारि राख्ने जानकारी दिए। उनले लोकतान्त्रिक मुलुकमा महिला, सामाजिक शसक्तिकरण, समावेशिकरण जरुरी रहेको बताउदै यस कार्यमा सबैको सहयोग अपरिहार्य रहेको जानकारि दिए। पाल्पा जिल्लामा डेनिस सरकारको सहयोगमा संचालित बिभिन्न कार्यक्रमहरुको स्थलगत अध्यनका लागि पाल्पा आएका डेनिस राजदुत फिन टिन्स्टेडले कार्यक्रम संचालन भएका गाऊहरुको भ्रमण गर्नुका साथै स्थानिय जनता संग छलफल गर्नुका साथै प्रशासक हरुसंग समेत छलफल गरेको जानकारी दिए। कार्यक्रम रिपोटर्स क्लब पाल्पाका अध्यक्ष प्रकाश खनालको सभापतित्वमा भएको थियो।

Wednesday, December 3, 2008

एमएस नेपालको प्रभाव मूल्याङ्कन

माधव अर्याल
पाल्पा मंसिर १८

डेनिस सहयोग नियोग एमएस नेपालका साझेदार संस्थाहरु सामाजिक स्रोत विकास केन्द्र पाल्पा, महिला कल्याण संघ पाल्पा र सामुदायिक रेडियो मदनपोखरा को प्रभाव मूल्याङ्कन कार्यक्रम बुधबार सम्पन्न भएको छ।
जनता प्रावि पोखराथोकमा भएको कार्यक्रममा हालसम्म गरिएका कार्यहरुको सार्वजनिक गरिनुका साथै आगामी कार्यक्रमको बारेमा छलफल गरिएको थियो।
विशिष्ट अतिथि डेनिस राजदुत फिन टिन्स्टेडले नेपालमा राजाले शासन लिएपछि असमानताको स्थित सृजना भएको बताए। कार्यक्रमपछि स्थानीय कुमाल समुदायसग भएको अन्तरक्रियामा राजदुतले दाइजो प्रथा र समाजिक रुपान्तरणबारे अन्तरक्रिया गरेका थिए। दाईजो प्रथाले गर्दा समाज विकासको क्षेत्रमा अगाडि बढ्न नसकेको उनले बताए।
एमएस नेपालका कन्ट्री डाइरेक्टर स्टेन एडर्सनले समुदाय रुपान्तरणका लागि गरिएका कार्य देख्न र सुन्न पाउँदा खुसी लागेको बताउँदै केन्द्रका राजनीतिक दलले स्थानीय स्तरबाटै कार्यक्रम सञ्चालन गर्नुपर्ने र स्थानीय स्तरका जनताको पहूँच सरकारसम्म हुनुपर्ने बताए।
कार्यक्रममा मिलनसार महिला समूहकी रुपा कुमाल सृजनशील महिला समूहकी हुमा बगाले, हटिया महिला समूहकी माया गौतम, सुसेली रेडियो संगी समूहका दानप्रसाद गैरे, प्रगतीशील रेडियो संगी समूहका तुलबहादुर कुमाल, चादनी समूहकी आइटी कुमालले आ–आफ्नो संस्थाको कार्यप्रगति प्रतिवेदन पेश गरेका थिए। रेडियो संगी समुहका हरि प्रसाद पराजुलीको संचालन र शर्मीला कुमालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रम यमकला कुमालको सभापतित्वमा भएको थियो।

Monday, December 1, 2008

सजिवनको तेल र खोटो पछि बकाइनोको दानावाट निकालिएको तेलवाट गाडी गुड्यो

कविराज नेपाल
पाल्पा

यस अघि नेपालका वनजंगल भिरपाखा जतातै पाइने सजिवन सजिवनको तेल र सल्ल्ााको चेाप अर्थात खेाटोबाट ट्रयाक्टर र मोटरसाइकल कुदाएका पाल्प्ाा मदनपोखराका केशव कार्कीले सोमवार पुन अर्काै परिक्षणमा बकाइनोको गेडावाट तेल निकाली ट्रक गुडाएर सवैलाइ अचम्मित पारेका छन। पाल्प्ााको मदनपोखरा जरेपिपल स्थित आफ्नो घरवाट करिव ६ किलोमीटर सिद्धार्थ राजमार्गकोे बाँसटारी सम्म उनले ट्रकको सवै डिजल खालीगरि केवल यहि तेलमात्रको प्रयोगले ट्रक गुडाएका हुन। उनको परिक्षण हेर्नकालागि पाल्प्ाा जिल्लाका स्थानिय विकास अधिकारी बद्रीनाथ घिमिरे, जिल्ल्ाा वन कार्यालयका प्रमुख रामवावु पौडेल लगायत करिव एक दर्जन पत्रकार समेत उपस्थित थिए। बकाइनोको गेडावाठ निकालिएको तेल उनको भाषामा डिजलवाट सफलतापुर्वक लु १ ख ३२४१ नम्वरको ट्रक गुडाएका थिए। उनले यो इन्धन निकाल्नकालागि तोरीपेल्ने मिलको सहयोग लिएका थिए भनेे उनको यो परिक्षण पछि उनलाइ सवैले बधाइ दिए। इन्धनको संकट भैरहेका वेला उनको तेश्रो सफल प्रयोगले बैकल्पिक इन्धनको क्षेत्रमा नया संभावनाको ढोका त खुलेको छ तर उनी भने सहयोगको खोजीमा छन किनकी उनलेे यस कार्यकालागि हालसम्म कसैको पनि सहयोग पाएका छैनन।

२० औ अन्तराष्ट्रिय एड््स दिवसको अबसरमा मैत्रीपूर्ण भलिबल


पाल्पा
मंसिर १६

२० औ अन्तराष्ट्रिय एड््स दिवसको अवसरमा पाल्पाको भैरवस्थानमा मैत्रीपूर्ण भलिबल प्रतियोगिता सम्पन्न भएको छ। भैरवस्थान श्रोतकेन्द्र स्तरीय भलिबल प्रतियोगितामा आदर्श उच्च माध्यमिक विद्याल देउराली प्रथम भएको छ भने ग्रार्गी माध्यमिक विद्यालय बन्दीपोखरा दोश्रो र भैरव जनता उच्च माध्यमिक विद्यालय भैरवस्थान तेश्रो भएको छ। भैरवस्थान श्रोत केन्द्र बालबालिकाको लागि संयुक्त अभियान, साथी सँग मनका कुरा र युथ एक्सन पाल्पाको संयुक्त अयोजनामा भएको यो प्रतियोगितामा श्रोत केन्द्रभित्रका ६ वटा माध्यमिक विद्यालयले भाग लिएका थिए। प्रतियोगिता भैरव जनता उच्च माध्यमिक विद्यालय भैरवस्थानमा सञ्चालन भएको थियो। बिजयी खेलाडीहरुलाई पुरस्कार बितरण गर्दै श्रोत व्यक्ति मिन प्रसाद ढकालले एड्स दिवसको अवसर पारेर खेलकूदको माध्यमबाट एच.आई.भी. र एड्स सचेतनाको लागि कार्यक्रमको आयोजना गरिएको बताउनु भयो।

Sunday, November 30, 2008

पाल्पामा छुट्टा छुट्टै दुर्घटना परी २४ जना घाईते

कृष्ण पोखरेल
पाल्पा १६ मंसिर
पाल्पाको बिभिन्न स्थानमा गएराती भएको छुट्टा छुट्टै दुघटना परी २४ जना घाईते भएका छन पोखरा बाट परासी जादै गरेको लु १ ख ४८५५ नम्बरको बस हिजो राती तानसेनको वासटारीमा दुर्घटना हुदा २२ जना घाईते भएका छन। लाङघाली युवा परिवार नवलपरासीको टोली पोखरा भ्रमण गरी फर्किदै गर्दा बस नालीमा खस्न गई तानसेनमा दुर्घटना भएको हो। बसमा ३३ जना रहेपनि २२ जना मात्र गंभिर घाईते भएका छन। घाईतेहरुको टाउको र हात खुट्टामा गंभिर चोटलागेको र अहिले घाईतेको उपचार लुम्बिीन मेडिकल कलेज पाल्पामा उपचार भैइरहेको छ। दुबै बसका चालक फरार रहेको र बस आफ्नो नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। यसै गरी सनसाईन उच्च माबि कपिलवस्तु तौलिहवा बाट पोखरा भ्रमणमा हिडेको लु १ ख ५१९७ नम्बरको बस पाल्पाको पिपलडाडाकमा गएराती दुर्घटना हुदा २ जना गंभिर घाईते भएका छन भने अन्य ३१ जना सामान्य अबस्थामा रहेका छन। घाईते भएका दिप नारायण र सरसस्वती भ48डारीको अहिले लुम्बिन मेडिकल कलेज पाल्पामा उपचार भैइरहेको छ। बसको ब्रेक फेल भएको दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटना स्थल सदरमुकाम देखि २८ किलो पुर्ब सिद्धार्थ राजमार्गमा पर्दछ।